पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल र ग्यासको मूल्य यथावत

काठमाडौँ, भदौ १५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी सोमबार (भदौ १६) बाट नयाँ मूल्य लागू हुने जानकारी दिएको हो।

नयाँ मूल्यअनुसार डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ४ रुपैयाँले घटाइएको छ। यस्तै, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य प्रति लिटर १ रुपैयाँले घटाइएको छ। अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँबाट उपलब्ध हुने हवाई इन्धनको मूल्य पनि प्रति किलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ।

यद्यपि पेट्रोलको खरिद मूल्य घटेको भए पनि निगमले यसको बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। एल.पी. ग्यासको खुद्रा बिक्री मूल्य पनि यथावत रहेको विज्ञप्तिमा उल्लेख छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको घटबढलाई आधार मान्दै मूल्य समायोजन गरेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय