काठमाडौँ - नेपाली सांगीतिक क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि निरन्तर निर्देशन मार्फत दर्शक स्रोताको मन जित्न सफल लोकप्रिय निर्देशक स्मृति तिमिल्सिनाले निर्देशन गरेको 'शिरिरि बतास' दर्शकबाट प्रशंसित भएको छ।
रमेश परियारले लय र शब्द सिर्जना गरेको यो गीत सार्वजनिक भएको छोटो समयमै दर्शकको मन जित्न सफल भएको हो। उत्कृष्ट शब्द सिर्जनाका लागि प्रख्यात रमेश परियारले गीतलाई निकै चोटीला शब्द सिर्जना गरेका छन् भने त्यस्तै सुमधुर लय समेत बनाएका छन्।
अहिलेकी चर्चित गायिका शान्ति श्री परियार र संगम राजु बिसीले आवाज दिएको सो गीतमा माया प्रेमलाई विषय बनाइएको छ। निर्देशक तिमिल्सिनाले मनमोहक दृश्य सहित लोमश शर्मा र नम्रता सापकोटालाई उत्कृष्ट नृत्य गराएकी छन्। गीतलाई सुनिल परियारले संगीत संयोजन गरेका छन्।