• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता

नेपाली मुलुका युवा दिवेश पोखरेल अमेरिकन आइडलको दोश्रो बन्न सफल भएका छन् । पोखरेललाई पछि पार्दै अमेरिकन आइडलको उपाधि जस्ट सामले जितेकी छन् ।

नेपाली समय अनुसार सोमबार बिहान भएको फिनालेमा दिवेश अन्तिम दुईमा पुगेका हुन् । उनले उपाधि भने जित्न सकेनन् । लगातार राम्रो प्रदर्शन गरेर दर्शक तथा निर्णायकको मन जित्न सफल भएका दिवेश फस्ट रनरअप अर्थात दोस्रो भए । जस्ट सामले उपाधि जितिन् । अमेरिकन आइडलमा फस्ट रनरअप हुने दिवेश पहिलो नेपाली मुलका गायक हुन् ।

हजारौं प्रतिस्पर्धी लाई पछि पार्दै दिवेश फाइनलमा पुगेका थिए । अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन् । उत्कृष्ठ ७ बाट भोटिङका आधारमा दिवेश फाइनलमा प्रवेश गर्ने व्यवस्था छ ।

कोरोनाको महामारीका कारण अमेरिकन आइडलले भर्चुअल प्रस्तुति गर्दै आएको छ । दिवेशले केही समय अगाडि नेपाली भाषामा बोल्दै भोट अपिल गरेका थिए । उनी काठमाडौं रविभवनका हुन् ।

प्रतिक्रिया