इरानप्रति ट्रम्पको कडा चेतावनी, ‘सभ्यता समाप्त हुन सक्छ’

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानप्रति कडा अभिव्यक्ति दिएका छन्। उनले इरानले होर्मुज जलडमरू मार्ग नखोलेकोप्रति असन्तुष्टि जनाउँदै सभ्यता नै समाप्त हुने चेतावनी दिएका हुन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मा लेख्दै परिस्थितिले गम्भीर रूप लिन सक्ने संकेत गरेका छन्। उनले यस्तो अवस्था आफूले नचाहेको उल्लेख गर्दै “सायद केही क्रान्तिकारी रूपमा सकारात्मक परिवर्तन पनि हुन सक्छ” भनेका छन्।

उनले वर्तमान अवस्था शासन परिवर्तनको चरणमा पुगेको दाबी गर्दै फरक र कम कट्टर सोच भएका नेतृत्व उदाउन सक्ने सम्भावना औंल्याएका छन्।

ट्रम्पले आजको रातलाई इतिहासकै महत्वपूर्ण क्षणका रूपमा वर्णन गरेका छन्। उनले ४७ वर्षदेखि चलिरहेको जबर्जस्ती, भ्रष्टाचार र हिंसाको अन्त्य हुन सक्ने उल्लेख गर्दै इरानी जनताप्रति शुभेच्छा व्यक्त गरेका छन्।

प्रतिक्रिया