☰

सरकारी निर्णयविरुद्ध कुलमान घिसिङको सर्वोच्चमा रिट

काठमाडौं – सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन्। सोमबार मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

घिसिङले आफूलाई गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। तर, बुधबार समय अभावका कारण रिट दर्ता हुन सकेन। सर्वोच्च अदालत स्रोतका अनुसार घिसिङको रिट साँझ पाँच बजे मात्र अदालत पुगेको थियो।

उनको रिटमा सरकारले गरेको निर्णय बदर गर्न माग गरिएको छ। अब सर्वोच्चले रिट दर्ता गर्ने वा नगर्नेबारे निर्णय लिनेछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय