विद्युत नियमन आयोगमा पनि वानले बुझायो ज्ञापन पत्र,विद्युत महसुलमा रेडियोहरुलाई सेवामूलक क्षेत्र भित्र राख्न अनुरोध

सञ्चार क्षेत्रलाई सेवामुलक उद्योगको दर्जा दिई सोहि अनुसारको महसुल दर कायम गर्नु पर्ने भन्दै रेडियोहरुको छात्रा संस्था ब्रोडकाष्टिङ एसोसिएसनअफ नेपाल (वान)ले बुधवार विद्युत नियमन निकायमा ज्ञापन पत्र बुझाएको छ ।

केहि दिन अघि मन्त्री पुन,विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ब्रोडकाष्टिङ एसोसिएसनअफ नेपाल (वान)का अध्यक्ष चन्द्र्र न्यौपाने, नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्ट,नेपाल टेलिभिजनका महाप्रवन्धक सचिन रोका र ब्रोडकाष्टिङ एसोसिएसनअफ नेपाल (वान)का कार्यालय सचिव कृष्ण आचर्या विच उर्जा मन्त्रालयमा महसुलको विषयलाई दिएर छलफल समेत भएको थियो सोहि छलफल अनुसार विद्युत महसुल नियमन आयोगमा ज्ञापन पत्र बुझाएको छ । आयोगले नयाँ विद्युत महसुल लागु गर्नको अहिले गृह कार्य गरिरहेको छ ।

अहिले रेडियोलाई घरायसी प्रयोजनमा राखिएको छ । जस अनुसार जति धेरै विद्युत खवप त्यहि अनुसारको महसुल बुझाउनु पर्ने प्रावधान छ । विद्युत प्राधिकरणले अहिले नयाँ महसुल दर लागु गर्न विद्युत नियमन आयोग मार्फत काम गरिरहेको छ ।

अहिले रेडियोहरुले प्रति युनिट १४ रुपैयाका दरले महसुल बुझाइ रहेको छन । यदि सेवा मुलक क्षेत्र भित्र समावेस गरियो भने यो दर आधा भन्दा धेरै घट्ने छ । सरकारले मिडियालाई उद्योगको दर्जा समेत दिएको छैन ।

प्रतिक्रिया