काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो विधान संशोधन गर्दै अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था गरेको छ। यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान थियो।
सोमबार बसेको महासंघको कार्य समितिले सर्वसम्मत विधान संशोधन गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट अध्यक्ष चयन गर्ने व्यवस्था गरेको हो। नयाँ विधान आगामी मंसिरमा हुने साधारण सभाले पारित गरेपश्चात कार्यान्वयन हुनेछ।
यसअघि भवानी राणा वरिष्ठ उपाध्यक्ष हुँदा विधान संशोधन गर्दै स्वतः अध्यक्ष बन्ने व्यवस्था गरिएको थियो। त्यसअघि अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट आउने व्यवस्था थियो।