रेडियोहरुलाई विद्युत महसुल दरमा सेवामुलक उद्योगमा राख्न वानको उर्जा मन्त्तालयलाई आग्रह,उर्जा मन्त्री र कुलमा दुवै सकारात्मक

सञ्चार क्षेत्रलाई सेवामुलक उद्योगको दर्जा दिई सोहि अनुसारको महसुल दर कायम गर्नु पर्ने भन्दै रेडियोहरुको छात्रा संस्था ब्रोडकाष्टिङ एसोसिएसनअफ नेपाल (वान)ले उर्जा मन्त्री वर्षमान पुन लाई ज्ञापन पत्र बुझाएको छ ।

केहि दिन अघि मन्त्री पुन,विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ब्रोडकाष्टिङ एसोसिएसनअफ नेपाल (वान)का अध्यक्ष चन्द्र्र न्यौपाने, नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्ट,नेपाल टेलिभिजनका महाप्रवन्धक सचिन रोका र ब्रोडकाष्टिङ एसोसिएसनअफ नेपाल (वान)का कार्यालय सचिव कृष्ण आचर्या विच उर्जा मन्त्रालयमा महसुलको विषयलाई दिएर छलफल समेत भएको थियो । सोहि छलफल अनुसार आग्रह सहितको आधिकारीक पत्र मन्त्रालयमा दर्ता गरिएको हो ।

छलफलमा सहभागी भए पछि पिपुल खवरसँग कुरा गर्दै वानका अध्यक्ष चन्द्र न्यौपानेले मिडियाका माग प्रति मन्त्री पुन र कार्यकारी निर्देशक कुलमान घिसिङ अत्यन्तै सकारात्मक भएको जानकारी दिनु भयो । साथै उहाँले रेडियोले खेलेको भुमिका प्रति पनि मन्त्री पुनले खुलेर प्रसंशा गरेको जानकारी दिनु भयो । अध्यक्ष न्यौपानेले मिडियालाई कम्तीमा पनि सेवामुलक उद्योगको क्याटोगोरी भित्र राख्नु पर्ने माग गरेको बताउनु भयो ।

अहिले रेडियोलाई घरायसी प्रयोजनमा राखिएको छ । जस अनुसार जति धेरै विद्युत खवप त्यहि अनुसारको महसुल बुझाउनु पर्ने प्रावधान छ । विद्युत प्राधिकरणले अहिले नयाँ महसुल दर लागु गर्न विद्युत नियमन आयोग मार्फत काम गरिरहेको छ । संस्था संगको छलफल र ज्ञापन पत्र पछि मन्त्रालय मिडियालाई सेवामुलक उद्योग भित्र राख्न सकारात्मक भएको न्यौपानेले जानकारी दिनु भयो ।

अहिले रेडियोहरुले प्रति युनिट १४ रुपैयाका दरले महसुल बुझाइ रहेको छन । यदि सेवा मुलक क्षेत्र भित्र समावेस गरियो भने यो दर आधा भन्दा धेरै घट्ने छ । सरकारले मिडियालाई उद्योगको दर्जा समेत दिएको छैन ।

प्रतिक्रिया