• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

पासपोर्ट हरियोलाई दर्शकको अपार माया,छोटो समयमै तिस लाख दर्शक

सार्वजनिक भएको छोटो समयमै गीत पासपोर्ट हरियोले तिस लाख भन्दा धेरै दर्शक बनाउन सफल भएको छ ।

बैदेशिक रोजगारको लागी विदेश पस्नु पर्ने नेपालीहरुको दुखलाई समेटेर तयार पारिएको सो गीतले छोटो समयमै अत्यधिक स्रोता दर्शकको माया पाउन सफल भएको छ ।

लोकप्रिय गायक गणेश अधिकारीले लय तथा शब्द सिर्जना गरेको सो गीतमा अधिकारी र अस्मिता खड्काको सुमधुर आवाज रहेको छ ।

गीतले सोचे भन्दा पनि राम्रो प्रतिक्रिया पाएकोमा म अत्यन्तै खुसि छु । यो हाम्रो समग्र टिमको काम उत्कृष्ट भएरै सफल भएको हो । गायक अधिकारीले भन्नु भयो ।

स्मृति तिमिल्सीनाले निर्देशन गरेको सो गीतमा सारिका केसी,राजन विक लगायत अन्य कालाकारहरुको अभिनय रहेको छ । गीतलाई हजारौंले प्रतिक्रिया दिँदै उत्कृष्ट गीत भएको प्रतिक्रिया समेत दिएका छन ।

प्रतिक्रिया