काठमाडौं । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए ।
उनका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । उनका अनुसार सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् ।
आज थप चारजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् । अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा छन् । सङ्क्रमित अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी दिए । सङ्क्रमितको नजिक रहेकाहरुको कन्ट्र्याक ट्रेसिङसमेत भइरहेको जनाइएको छ ।
यो पनि पढ्नुहोस्
बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको हो । तीनै जना यसअघि भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।
आइतबार वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये वीरगञ्ज एक त्यही धार्मिक सभामा सहभागी भएका थिए ।
उनीहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको खोजी गरेर ९४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये तीन जनाको रिपोर्ट पोजेभिट आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन्।