जीवन विकास लघुवित्तको शेयरमा अहिले सम्मकै धेरै आवेदन,आज अन्तिम दिन सम्म कति भयो माग ?

काठमाण्डौ - जीवन विकास लघुवित्तको शेयरमा किर्तिमानी आवेदन परेको छ । 

 

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार अन्तिम दिन आज (असार १५ गते, मंगलबार) बेलुका ५:४५ बजेसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् । यो मागभन्दा १६.९१ गुणा बढी हो । यो आवेदन संख्या पनि हालसम्मकै उच्च हो ।

 

 

 

कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ आज असार ११ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गरेको थियो।

 

आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ०।५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्नलागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

 

 

 

प्रतिक्रिया