बालेन शाहको पहल - महानगरको गुनासो सुन्न कल सेन्टर

काठमाडौ - नव निर्वाचित काठमाडाै महानगरपालिकाका मेयर बालेन शाह शाहले आफ्ना चुनावी वाचा एकपछि अर्को गरी पूरा गर्दिए गएका छन् । 

आज मात्र काठमाडौंको गुनासो सुन्न कल सेन्टर स्थापना गरिएको हो । काठमाण्डौ महानगरपालिकाले जनताको गुनासो सुन्न आजबाट निःशुल्क टेलिफोन सेवा संचालनमा ल्याएको छ । १६६००१ र ०५५११ मा सम्पर्क गर्न सकिनेछ । सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने खालको छ ।

शाहले कल सेन्टर स्थापना गर्दै आफ्नो महानगरले के गर्दै छ भन्ने कुरा जनताले जान्न पाउने अधिकार रहेको बताउनु भयो । 

प्रतिक्रिया