भोजपुरमा पनि भेटिए कोरोना संक्रमित,जम्मा संक्रमित ४८

भोजपुरमा पनि कोरोना भाइरस (कोविड–१९)का संक्रमित भेटिएका छन् ।

हतुवागढी गाउँपालिकाका २६ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको हो ।

विदेशबाट आएका ती व्यक्तिको स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।

प्रतिक्रिया