नेप्से सामान्य अङ्कले बढे पनि कारोबार रकम भने घट्यो

काठमाडौं– शेयर बजारमा उतारचडाव भइरहेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज  नेप्से १।२७ अंकले बढेर २०७८।७६ विन्दुमा पुगेको छ । 

आज करिब साढे ३ अर्बको रुपैयाँको कारोबार भएको छ । आज ७२ लाख ९ हजार ७५७ कित्ता शेयर ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । 


आज कम्पनीको शेयर कारोबार हुँदा १३५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज सेन्सेटिभ इन्डेक्स ०।५५ अंकले, फ्लोट इन्डेक्स ०।१६ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०।२३ अंकले बढेको छ । 


१३ वटा समूहमध्ये ६ वटा समूहको शेयर मूल्य बढेको छ भने ७ वटा समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी फाइनन्सको ५८।८७ अंकले बढेको छ भने सबैभन्दा बढी ट्रेडिङ समूह ३८।७८ अंकले घटेको छ ।

प्रतिक्रिया