काठमाडौंमा २ जना नर्सलाई आरडीटी गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा गरिएको डाइग्नोस्टिक परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो ।
आरडीटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरूलाई पीसीआर विधिबाट परीक्षण गरिने भएको छ ।
उनीहरू दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको छ । आइसोलेसनमा राखिएका उनीहरूको पीसीआर परीक्षणपछि कोरोना संक्रमण भए/नभएको पुष्टि हुनेछ । उनीहरू दुवैको अवस्था सामान्य रहेको छ ।