काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार २९.९१ अंकले उकालो लाग्दै २६१२.२० बिन्दुमा पुगेको छ। नेप्से सूचक १.११ प्रतिशतले वृद्धि भएको हो।
सोमबारको कारोबारमा ८९ लाख ८ हजार ८५१ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। कारोबार भएका ३२८ कम्पनीमध्ये १९४ कम्पनीको शेयर मूल्य बढेको, ४२ कम्पनीको घटेको र ८ कम्पनीको स्थिर रहेको छ।
आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने मानुषी लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ।
समूहगत प्रदर्शन हेर्दा म्युचुअल फन्ड बाहेक सबै समूह हरियो देखिएका छन्। म्युचुअल फन्ड समूह ४.२१ प्रतिशतले घटेर २०.३३ बिन्दुमा झरेको छ। हाइड्रोपावर समूहमा सबैभन्दा बढी २.६५ प्रतिशतको वृद्धि भई ३५१५.४२ बिन्दुमा पुगेको छ।
वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य, र ट्रेडिङ समूहमा पनि आंशिक वृद्धि भएको छ।
नेप्सेका अनुसार सोमबार ५५ हजार ९३८ पटक शेयर किनबेच भएको छ। शेयर बजारको वृद्धिले लगानीकर्तालाई थप उत्साह दिएको देखिन्छ।