• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • देश ,
  • मुख्य खबर

आफ्ना नागरिक लैजान रुसी जहाज आउँदै, १४३ यात्रु लिएर आजै फर्किने

नेपालमा रहेका आफ्ना नागरिक लौजान रुसको रोयल फ्लाइट एयरलाइन्सको चार्टर्ड विमान काठमाडौं आउने भएको छ ।

विमानस्थल स्रोतका अनुसार रुसको विमान सोमबार बिहान १० बजे काठमाडौं आइपुग्ने छ । त्यसपछि लकडाउनका कारण रोकीएका १४३ जना आफ्ना नागरिक लिएर १२ बजेर ३० मिनेटमा फर्किने बताइएको छ ।

रुसले लकडाउनका कारण रोकिएका विभिन्न देशका नागरिकलाइसमेत उद्धार गरिहेको छ । नेपालमा रहेका रुसी नागरिकलाई फिर्ता लैजान नेपालस्थित रसियन दुतावासको पहलमा विमान चाटर्ड गरिएको हो ।

प्रतिक्रिया