जनकपुरको सडकमा पैसा फ्याल्दै भाग्ने महिलाकाे ‘पीसीआर’ रिपोर्ट नेगेटिभ आएकाे छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा गरिएको -यापिड डाइग्नोष्टिक टेष्ट ‘आरडीटी’ परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रदेश प्रयोगशालाका निमित निर्देशक रामविनय साहले प्रष्ट पार्नु भएको छ ।
कोरोना महामारी संक्रमणको बेला जनकपुरमा पैसा फालेर भाग्नेमध्येकी नन्द चाहिँमा शनिबार गरिएको आरडीटी परीक्षणमा पोजिटिभ भेटिएकाे थियाे । तर उनकाे पीसीआर परीक्षणमा भने नेगेटिभ भेटिएको प्रादेशिक अस्पतालले जनाएको छ ।
जनकपुरधामस्थित महावीर चोकमा जथाभावी पैसा फाली लुकीछिपी भाग्ने दुई नन्द-भाउजू महिलालाई जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पक्राउ गरी प्रादेशिक अस्पतालमा आरडीटी परीक्षण गरेको थियो । तर आरडीटीमा नन्दचाहिँकाे पोजिटिभ देखिए पनि पीसीआरमा भने नेगेटिभ देखिएको छ ।
शनिबार दुवै दुवै महिलाको आरडीटी चेक गरिएकाे थियाे । जसमध्ये भाउजू पर्नेकाे रिपाेर्ट नेगेटिभ र नन्दचाहिँकाे पाेजेटिभ देखिएकाे थियाे । तर दुवै महिला एक साथ हिँडेको कारण दुवैकाे ‘पीसीआर’ प्रविधिबाट पनि परीक्षण गरियो । र, आज दुवै महिलाको पीसीआर रिपोर्ट निगेटिभ आएको हाे ।
जनकपुरधामस्थित महावीर चोकमा जथाभावी पैसा फाली लुकीछिपी भाग्ने ती दुई महिलालाई जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पक्राउ गरेकाे थियाे ।
प्रहरीले गरेको अनुसन्धानमा दुबै महिलाले पैसा फालेको विषयमा गलत नियत नदेखिएको पत्ता लागेको छ । उनीहरुले पैसा फालेको नभएर झरेको नै ठहर भएको पनि धनुषा प्रहरीको भनाइ छ । बैंकबाट रकम झिकेर आउँदा पैसा झरेपछि स्थानीयवासीले पैसा फाल्दै हिँडेको खबर प्रहरीमा गरेका थिए ।