• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

बाल गायिका दीपिका कँडेलले आवाज दिएको गीत मेरी छोरीले बनायो एक करोड दर्शक

गीत मेरी छोरी सार्वजनिक भएको दुई महिना पनि पुगेको छैन । यो टिमले बनाएको गीतले एक करोड दर्शक बनाउँ छ भनेर धेरैले सोचेका थिएनन् तर गीत उत्कृष्ट बन्यो र छोटो समयमा एक करोड दर्शक बनायो ।

उत्कृष्ट विषयबस्तुमा बहुप्रतिभाका धनि सर्जक नरेश खातीले अत्यन्तै मर्मस्पर्शी शब्दमा यो गीत लेखे आफैले लय सिर्जना गरे । गीतमा मेक्सम खाती तथा बाल गायिका दीपिका कँडेल र माण्डवी त्रिपाठीले मन छुने आवाज दिए,गीतको अडियोलाई पुरै न्याय गर्ने गरि भिडियो समेत बनाइयो त्यसैले पनि गीत सबैको मन मुटुमा बस्न सफल बन्यो ।

गीतको म्युजिक भिडियो क्रान्ती केसीले निकै कलात्मक रुपमा निर्देशन गरेका भने चर्चित नायक दिलीप रायमाझी,दिया केसी र अभिलिना खड्काले मन छुने अभिनय गरेका छन, त्यहि भएर पनि गीतलाई धेरैको मन पराए । यो समाचार तयार पार्दा सम्म गीतलाई करोड भन्दा धेरै दर्शक छन भने करिव २ हजार ६ सय प्रतिक्रिया पाएको छ । गीतलाई करिव एक लाख दर्शकले लाइक गरेका छन । गीतले आमा गुमाएकी छोरी र बाबा विचको मायालाई देखाएको छ ।

गीतलाई धेरैले मन पराए पनि हामी सँग कुरा गर्दै दीपिका म्युजिकका सञ्चालक तथा सर्जक दिपक कँडेलले आफ्नो छोरीको गीतलाई धेरैले मन पराइदिएको प्रति आँफुलाई अत्यन्तै खुसी लागेको बताउनु भयो ।

आउनुहोस सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया