सान्जेनको आइपीओमा आवेदन दिने आज अन्तिम मौका,मागे जति आवेदन परेन

काठमाडौं - सान्जेन जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिन आज अन्तिम हो । 

आज सम्म कम्पनीको आइपीओमा २३ करोड ८ लाख १४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

यसर्थ, अझै १३ लाख ४१ हजार ८६० कित्ता सेयर बिक्री हुन बाँकी रहेको छ । सान्जेनले भदौ ५ गतेदेखि १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा मंगलबार (असोज ४ गते) सम्म आवेदन दिन सकिनेछ । यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । यसमा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

 

प्रतिक्रिया