साताको अन्तिम दिन बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं - साताको अन्तिम कारोबार दिन, सुनचाँदी महंगिएको छ । जेठ १३ गते सुन तोलामा २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन, सुन प्रतितोला ४०० रुपैयाँले ९७ हजार ८०० रुपैयाँमा झरेको थियो ।

शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २८० रुपैयाँमा खरिदबिक्री हुँदैछ । बिहीबार भने चाँदी प्रतितोला पाँच रुपैयाँले गिरावट भएको थियो । त्यस दिन चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया