शेयर बजारमा रौनक,कारोबार रकम ५ अर्बमाथि

काठमाण्डौ । स्थिर रहेको शेयर बजारमा पछिल्ला दिनहरुमा केही सुधारको संकेत देखिएको छ । सोमबार नेप्सेमा सुधार देखिएको छ । नेप्सेसँगै कारोबार रकम पनि आज केही बढेको छ । 

सोमबार बजार  ८।९० अंकले बढेको छ । नेप्से ०।४२ प्रतिशतले बढेर बढेर २०८२।०९ विन्दु कायम भएको छ । नेप्से बढेसँगै करिब साढे ५ अर्बको कारोबार भएको छ । यो केहि दिने देखिको उच्च कारोबार रकम हो । 

सोमबार बजार बन्द हुँदासम्म ५ अर्ब ४९ करोड ६ लाख ९ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर ७१ हजार ९४८ पटक किनबेच भएको छ । 


आज ३१४ वटा कम्पनीको शेयर कारोबार हुँदा १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज फ्लोट इन्डेक्स ०।८६ अंकले, सेन्सेटिभ इन्डेक्स ०।६४ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०।३७ अंकले बढेको छ ।


सोमबार १३ वटा समूहमध्ये ७ वटा समूहको नेप्से बढेको छ भने ६ वटा समूहको नेप्से घटेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमा १३४।८८ अंकले बढेको छ । आज सबैभन्दा बढी होटल एण्ड टुरिजम ५१।१६ अंकले घटेको छ । 

कुथेली बुखारी साना जलविद्युत, त्रिशूली जलविद्युत, पीपुल्स पावर र मोलुङ जलविद्युतको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया