संकटका बेला सहकारीले गरेको काम प्रशंसनीय—सहअध्यक्ष पौडेल

काठमाडौं—राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले मुलुक कोरोना भाइरस (कोभिड–१९)को असर प्रभावित भएको बेला सुरक्षित र धैर्य भएर सेवा दिन सहकारीकर्मीलाई आग्रह गरेका छन् ।

६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बिहीवार शुभकामना सन्देश जारी गर्दै पौडेलले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा ठूलो क्षती पु¥याएकोमा दुःख व्यक्त गर्दै विपत्को बेला सहकारी क्षेत्रले राज्यका निकायसँग सहकार्य र साझेदारी गरेर आफ्ना सदस्यलाई सघाउन पनि आग्रह गरेका छन् ।

महामारीको विषम परिस्थितिले सहकारी दिवस विशेष कार्यक्रम गरी मनाउन कठिन भए पनि आफ्नो क्षेत्रबाट सहकारीका सदस्य र समाजप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्न बोर्डका सहअध्यक्ष पौडेलले अपिल गरेका छन् । मुलुकमा आइपरेको संकटको सामाना गर्न सहकारी क्षेत्र आफ्ना सदस्य तथा नागरिकलाई राहात वितरण गर्ने, जनचेतना फैलाउने लगायतका कामबाट पु¥याएको योगदानको पनि पौडेलले प्रशंसा गरेका छन् ।

संविधानले सहकारी क्षेत्रलाई दिएको अभिभारा, सहकारीको सिद्धान्त, मूल्य, मान्यता, मर्म र भावना अनुसार सहकारी संस्था चल्नुपर्ने पौडेलले बताएका छन् । सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५ले सहकारी क्षेत्रलाई थप व्यवस्थित गर्दै अघि बढेको र सहकारी क्षेत्रका समस्या सामाधान गर्न तथा गुनासालाई सम्बोधन गर्न बोर्डले सहकारी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयसँग समन्वय गर्ने समेत स्पष्ट पारेका छन् ।

मुलुकभर रहेका ३५ हजार बढी सहकारी र ६३ लाख बढी सदस्यको जीवनस्तरमा सुधार गर्दै सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थकता दिलाउने दायित्व सहकारीको भएको सहअध्यक्ष पौडेलले स्मरण गरेका छन् ।
सहकारी विकास बोर्ड भूमि व्यवस्था, सहकारी तथा गरिवी विनारण मन्त्रालयको नीति निर्देशन, मार्गदर्शन, सहकारी विभाग र सहकारी अभियानसँगको सहकार्यमा अघि बढ्ने समेत पौडेलले प्रतिवद्धता व्यक्त गरेका छन् ।

सहकारी क्षेत्र मुलुकको आर्थिक सम्वृद्धिको सारथी बन्न सक्ने बनाउँदै सहअध्यक्ष पौडेलले सहकारी क्षेत्रको पुँजीलाई उत्पादमूलक क्षेत्रमा परिचलान गर्न जोड दिएका छन् । सहकारीलाई समसापेक्ष प्रविधि मैत्री बनाउँदै सदस्यलाई छिटो, छरितो प्रभावकारी सेवा दिएर वित्तीय शुसासन कायम गर्न आग्रह गरेका छन् । सरकारले तोकेको कार्य जिम्मेवारी अनुरुप बोर्डले सहकारीको अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त अनुसारको सहकारी ऐन, नियमको मस्यौदा तयार पारी सरकार समक्ष प्रस्तुत गर्ने काम गर्दै आएको र आगामि दिनमा पनि बोर्डको आफ्नो दायित्वलाई पूरा गर्ने सहअध्यक्ष पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।

शुभकामना सन्देश

नेपालमा सहकारी संस्था स्थापना भएको ६२ वर्ष पूरा भएकोे छ । हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । यो वर्ष ६३ औं राष्ट्रिय सहकारी दिवस मनाइरहँदा विश्व समुदायलगायत नेपाल कोरोना भाइरस (कोभिड–१९)को महामारीले प्रताडित छ । यो विषम परिस्थितिमा सहकारी दिवसको अवसरमा म सम्पूर्ण सहकारीकर्मी, सहकारी संघसंस्था, सहकारीसँग प्रत्यक्ष वा परोक्ष रुपमा आवद्ध सरोकारवाला, सहकारीका सदस्य, सहकारी क्षेत्रमा कार्यरत कर्मचारी तथा राष्ट्रसेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा ठूलो क्षती पु¥याएको छ । विपत्को बेला सहकारी क्षेत्रले राज्यका निकायसँग सहकार्य र साझेदारी गरेर आफ्ना सदस्यलाई सघाउनु पर्ने दायित्व छ । यस्तो बेला विश्व स्वास्थ्य संगठनले तयार गरेका स्वास्थ्य सम्बन्धि मापदण्ड अनुसरण गर्दै सुरक्षित र धैर्य भएर सेवा दिनुपर्ने हुन्छ । महामारीको विषम परिस्थितिमा आफ्नो क्षेत्रबाट सहकारीका सदस्य र समाजप्रति सामाजिक उत्तरदायित्व निर्वाह गरेर सहकारी दिवस मनाऔं । मुलुकमा आइपरेको संकटको सामाना गर्न सहकारी क्षेत्र आफ्ना सदस्य तथा नागरिकलाई राहात वितरण गर्ने, जनचेतना फैलाउने लगायतका काम प्रशंसनीय छन् । संविधानले सहकारी क्षेत्रलाई तोकेको जिम्मेवारी, सहकारीको सिद्धान्त, मूल्य, मान्यता, मर्म र भावना अनुसार चल्न सहकारी दिवसले प्रेरणा प्रदान गर्नेमा विश्वास व्यक्त गर्दछु ।

सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५ले सहकारी क्षेत्रलाई थप व्यवस्थित गर्दै अघि बढेको छ । सहकारी क्षेत्रका समस्या सामाधान गर्न तथा गुनासालाई सम्बोधन गर्न बोर्डले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयसँग समन्वय गर्दै अघि बढ्नेछ । मुलुकभर रहेका ३५ हजार बढी सहकारी र ६३ लाख बढी सदस्यको जीवनस्तरमा सुधार गर्नुपर्छ । सहकारी विकास बोर्ड सहकारी तथा गरिवी विनारण मन्त्रालयको नीति निर्देशन, मार्गदर्शन, सहकारी विभाग र सहकारी अभियानसँगको सहकार्यमा अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।

संविधानको मर्म अनुरुप सहकारीले समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा सघाउनु पर्छ । सहकारीले मुलुकको गरिबी न्यूनीकरण गर्दै मुलुकको आर्थिक सम्वृद्धिको सारथी बन्न सक्छ । सहकारीमा जम्मा भएको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचलान गरेर सार्थकता दिनुपर्छ । सहकारीले समसापेक्ष प्रविधि मैत्री बनाउँदै सदस्यलाई छिटो, छरितो र प्रभावकारी सेवा दिएर वित्तीय शुसासन कायम गर्नुपर्छ । सरकारले तोकेको कार्य जिम्मेवारी अनुरुप बोर्डले सहकारीको अन्तराष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त अनुसार सहकारी अभियानबाट सुझाव लिएर सहकारी ऐन, नियमको मस्यौदा तयार पारी सरकार समक्ष प्रस्तुत गर्नेलगायतका आफ्नो दायित्व पूरा गर्दै आएको छ । आगामि दिनमा पनि बोर्डले आफ्नो दायित्वलाई पूरा गर्नेछ ।
सहकारी दिवसको अवसरमा सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थकता दिलाउन सहकारी सक्षम रहने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गर्दछु ।

जय सहकारी ।

दक्ष पौडेल
सह–अध्यक्ष
राष्ट्रिय सहकारी विकास बोर्ड
मिति २०७६ चैत्र २०गते

प्रतिक्रिया