पाटन अस्पतालमा मृत्यु भएका पुरुषको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ

काठमाडौ । पाटन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा सोमबार मृत्यु भएका पुरुषको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । आइतबार राति अस्पतालको आईसीयूमा भर्ना भएका ती पुरुषको उपचारकै क्रममा सोमबार (हिजो) मृत्यु भएको थियो ।

अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले सोमबार मृत्यु भएका ती पुरुषको कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना संकलन गरेर पठाएको बताए । उनले रिपोर्ट नेगेटिभ आएको बाह्रखरीलाई जानकारी दिए ।

धादिङका ती पुरुष करिब एक साताअघि भारतबाट आएरका थिए । उनलाई ज्वरोलगायत समस्या देखिएपछि आईसीयूमा भर्ना भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया