काठमाण्डौ । मंगलबार शेयर बजारमा केही सुधार आएको छ । कारोबार भएका अघिल्ला २ दिन लगातार घटेको बजारमा आज भने केही सुधार आएको छ ।
आज नेप्से परिसूचक २.९९ अङ्कले बढेर समग्र बजार १९५३ विन्दुमा आएको छ । आज २३४ कम्पनीहरूको ९५ करोडमाथिको शेयर किनबेच भएको छ ।
दिनैभरि उतारचढाव रहेको शेयर बजार बन्द हुने बेलामा भने हरियो बनेको थियो । कारोबार भएका मध्य १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको शेयर मूल्य भने घटेको छ ।
आज बैंक,बीमा र होटल उपसमूहमा गिरावट आएको छ भने जीवन बीमा उपसूचकमा सबै भन्दा धेरै अङ्कको वृद्धि भएको छ । हिमालयन डिस्टिलरी र नबिल बैंक धेरै कारोबार हुँदा म्युचुअल फन्डको धेरै गिरावट आएको छ ।