काठमाडौं– तरलता समस्या समाधानका लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले एक दर्जन सुझाव दिएको छ । परिषंघले एक अध्ययन गरेर अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाँदा नै जाने व्यक्तिको बैंक खाता खोलाउनेदेखि रेमिट्यान्स खातामा दिइँदै आइएको भन्दा थप १ प्रतिशत ब्याजदर दिन सकिने व्यवस्थासम्म रहेका छन् ।
तरलता समाधानका लागि सिबिफिनले दिएको सुझाब
–वैदेशिक रोजगारीमा जाँदा नै जाने व्यक्तिको बैंक खाता खोलाउने व्यवस्था
–खाता खोलेका वैदेशिक रोजगारीमा जाने व्यक्तिको बिमा व्यवस्था
–रेमिट्यान्स खातामा दिइँदै आइएको भन्दा थप १ प्रतिशत ब्याजदर दिन सकिने व्यवस्था
–आयातमा थप कडाइ
–कोभिडपछि दिइएको सहुलियतका कारण लुकेको खराब कर्जालाई क्रमशः पहिचान गर्दै जाने
–बैंकहरूको निष्क्रिय कर्जाको व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने
–उत्पादनमूलक र अनुत्पादनमूलक क्षेत्रमा जाने कर्जाको ब्याजदर अन्तर कायम गराउन बैंकहरूलाई सघाउने
–ब्याजदरमा स्थिर रूपमा आफैँ घटबढ हुन दिने र निक्षेपको मिश्रणमा सुधार गर्ने
–एकदेखि पाँच वर्षसम्मका निक्षेपमा अवधिअनुसार कम्तीमा २५ आधार अंकका दरमा ब्याजदर फरक पार्न दिने
–सहकारी क्षेत्रलाई नियमन गर्ने शिक्षालगायतकै लागि वार्षिक ४० अर्बसम्म बाहिरिने खर्चलाई कम गर्ने रणनीति बनाउने
–घरेलु बैंकहरूलाई प्रणालीगत महत्वपूर्ण बैंक किटान गरेर जोखिम कम गर्ने उपाय अप