राजधानीबाट फेरि १० लाख मास्क बरामद

राजधानीबाट फेरि सर्जिकल मास्क बरामद भएको छ ।

कोरोना भाइरसको आतंकका बीच मास्कमा कालोबजारी हुने गरेको गुनासोसँगै आक्रामक रुपमा प्रस्तुत भएको प्रहरीले राजधानीको सानो भर्‍यााङबाट १० लाख मास्क बरामद गरेको हो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार सो परिमाणको मास्क बरामद गरेको हो ।

पक्राउ पर्नेमा गोरखाका युवराज न्यौपाने रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

यसअघि शनिबार आइतबार र सोमबार पनि प्रहरीले १० लाख बढी मास्क बरामद गरेको थियो ।

महान्यायाधीवक्ताको कार्यालयले बरामद मास्क तत्काल प्रक्रिया पुर्याएर बिक्रीवितरण गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया