• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

गायिका शान्ती श्री परियारको आवाज रहेको अर्को मुटुछुने गीत –ढाट्यो जिन्दगीले

नेपाली लोकदोहोरी दर्शक विच निकै चर्चित र सुरिलो स्वरकी धनि गायिका शान्ती श्री परियारको आवाज रहेको उत्कृष्ट गीत ढाट्यो जिन्दगीले भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेमबाट धोका पाएका जोडीहरुको कथालाई गीतले अत्यन्तै मार्मिक रुपमा उठाएको छ । गीत उत्कृष्ट हुनको लागी आवश्यक पर्ने भिडियो,लय,शब्द र आवाज सबै यो गीतमा निकै दमदार रहेको छ ।

शान्ती श्री परियार र शितल गुरुङको आवाज रहेका सो गीतलाई रमेश परियारले निकै चोटीला शब्द र सुमधुर लय सिर्जना गरेका छन ।

गीतको म्युजिक भिडियो निर्देशन चर्चित निर्देशक कपिल लामाले गरेका छन भने गीतमा सारिका केसी र किरण मगरको अभिनय रहेको छ । गीतलाई शुभारम्भ डिजिटलले बजार ब्यवस्थापन गरेको छ । यहि कम्पनीले सार्वजनिक गरेको चिया छानको बोलको गीत समेत चर्चामा रहेको छ ।

प्रतिक्रिया