साताको पहिलो दिन ४ सयले घट्यो सुनको मूल्य

काठमाडौं - साताको पहिलो दिन सुनको भाउमा सामान्य गिरावट आएको छ । वैशाख ११ गते, आइतबार सुन तोलामा ४०० रुपैयाँले घटेको छ । यस दिन चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा झरेको छ ।

गत साताको अन्तिम कारोबार दिन भने सुनको भाउ स्थिर रहेको थियो । त्यस दिन सुन प्रतितोला एक लाख ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आइतबार चाँदी शुक्रबारकै मूल्यमा किनबेच हुँदैछ । आज चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया