फेरी घट्यो सुनको मूल्य

सुनको मूल्य आइतबार घटेर कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १५ सय रुपैयाँले घटेर कारोबार भइरहेको हो ।

शुक्रबार प्रतितोला ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भइरहेको सनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला ७६ हजार ७०० रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ ।

त्यसैगरी शुक्रबार प्रतितोला ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर प्रतितोला ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया