• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • व्यापार/व्यवसाय ,
  • समाचार

कमेडी च्यापियन पहिलो सिजनको बिजेता बने हिमेश पन्त

कमेडी च्यापियन पहिलो सिजनको बिजेता हिमेश पन्त भएका छन्।

थ्री प्रोडक्सन प्रा.लि.ले उत्पादन गरेको कमेडी रियालिटी सो कमेडी च्याम्पियनमा आज भएको ग्राण्ड फाइनलमा सुमन कोइराला (दले दाई( खबपुलाई पछि पार्दै उनी बिजेता बनेका हुन्।

हास्यव्यङ्ग्यसँग सम्बन्धित कमेडी च्याम्पियन नेपालको पहिलो रियालिटि शो हो। कमेडी च्याम्पियनमा बरिष्ट हास्यकलाकार सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायक थिए ।

कमेडी च्याम्पियनका विजेता हिमेश पन्तले २५ लाख रुपैयाँ र एउटा कारसहित ५० लाख बराबरको पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया