नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडाैं - नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया सिफारिस समितिले रद्द गरेको छ। समितिले हालसम्म गरेका सबै छनौट प्रक्रियाहरू रद्द गरिएको जनाएको छ। 

अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि, सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो। समितिले १६ फागुनमा आवेदन माग गरेको थियो र १९ जनाले आवेदन दिएका थिए। चैत २५ गते पाँच जनाको नाम सर्टलिस्ट गरिएको थियो तर ३ जना अन्तर्वार्तामा सहभागी भएनन्। 

समितिले कानून मन्त्रालय र महान्यायाधिवक्ताको राय लिएपछि प्रक्रिया रद्द गरेको छ। यसले ६२ लाखभन्दा बढी नागरिक सहभागी भएको सेयर बजारमा नकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया