• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

लोकदोहोरीका चर्चित सर्जक – गायक शिव र कुलेन्द्र विच फेरी सहकार्य,अञ्जली अधिकारी सँग विश्वकर्माको माया गहिरो

नेपाली लोकदोहोरीका सुप्रसिद्ध गायक कुलेन्द्र विश्वकर्मा र चर्चित सर्जक शिव हमाललाई फेरी एकपटक दर्शक स्रोताले नयाँ गीत मार्फत सँगै देख्न पाएका छन ।

यो जोडीलाई एकतर्फि माया र हास्न सिकायउ बाट दर्शक स्रोताले नजिक बाट चिनेका थिए । कुशल सर्जक र कुशल गायकलाई एउटै गीतमा देख्न पाए पछि दर्शक पनि उत्साहित बनेका छन ।

शिव हमालको तिखो कलमले यो पटक पनि उस्तै उत्कृष्ट शब्द तथा लय सिर्जना गरेका छन । कुलेन्द्रलाई गायनमा कल्पना श्रीपालले साथ दिएकी छन । गीतले माया प्रेमलाई उत्कृष्ट रुपमा उठाएको छ ।

यो बर्षका चर्चित निर्देशक मध्यका एक प्रकाश भट्टको उत्कृष्ट निर्देशन कला प्रस्तुत गरेका सो गीतमा अञ्जली अधिकारी र कुलेन्द्र विश्वकर्मालाई अभिनयमा देख्न सकिन्छ । कल्पनाको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतलाई सबै मन पराइदिनेमा निमार्ण युनिट आशावादी रहेको हामीलाई बताएको छ ।

गीतको पुर्ण सफलतको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया