काठमाडौंँ - पछिल्लो केही दिन सुनको मूल्य वृद्धि हुनेक्रम जारी छ । आइतबार पनि छापावाला सुनको मूल्यमा बढोत्तरी देखिएको हो ।
साताको पहिलो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले वृद्धि भई १ लाख ५ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात शुक्रबार भने १ लाख ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । आजका लागि तेजावी सुनको भाउ भने १ लाख रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, आइतबार चाँदीको मूल्यले वृद्धि भएको छ । चाँदी तोलाामा १० रुपैयाँले वृद्धि भई १ हजार ४ सय रुपैयाँ पुगेको हो । शुक्रबार भने १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।