चौतर्फि आलोचनापछि कांग्रेस सांसद माया राई पक्राउ

कांग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालयले शनिबार राति साढे ८ बजे काठमाडौंको कपनस्थित घरबाट उनलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिएका छन्।

बस्नेतका अनुसार राईलाई पक्राउ गरेर प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ। उनीमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दा दायर गर्न सिफारिस गरिएको थियो।

कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो। राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा सहसचिव पदमा कार्यरत रहँदै आएको र उनीसहित अन्यले ६९० जना बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ।

प्रतिक्रिया