• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

तेजश र मालतीको खबर सोधेर न्याउली चरी उड्यो – भिडियो सहित

मालती खरेलको ‘न्याउली रूँदै’ बोलको नयाँ गीत भर्खरै मात्रै डिजिटल बजारमा सार्वजनिक भएको छ । चर्चित गायक तेजस रेग्मी र मालती खरेलको आवाजमा सजिएको गीतमा सुरेशरमण अधिकारीको शब्द रहेको छ भने संगीत गायक तेजस रेग्मीले भरेका छन् ।

राग स्टुडियोमा रेर्कड भएको गीतको एरेन्ज योगेश काजीले गरेका हुन् । मिक्सिङ एडविएन किस्मतले गरेका हुन् । भिडियोको निर्देशन शिव विकले गरेको भिडियोमा गायक तेजस रेग्मी र यान्सु श्रेष्ठले अभिनय गरेका छन् । यस गीतको छायांकन अजय रेग्मीले गरेका हुन् भने कोरियोग्राफर माधव श्रेष्ठ हुन् ।

सम्पादनमा पदम सुवेदी र मिलन विकको भूमिका रहेको छ । शीव फिल्म्स र ड्रागन पिक्चरको निर्माण रहेको भिडियो मालतीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

प्रतिक्रिया