बुधबार ३ सयले घट्यो सुनको मूल्य

काठमाडौं - बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
मंगलबार छापालावा सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ रहेकोमा बुधबार ३ सय रुपैयाँले घटेर ९८ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँ कायम भएकोमा बुधबार ९८ हजार रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएकोमा बुधबार ५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया