• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय

हिजो दोहोरो अङ्कले घटेको बजारमा आज सामान्य सुधार

काठमाडौँ- बुधबार नेप्से सूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्ले दिन ८४ अंकले घटेको नेप्से सूचक बुधबार ८.९० अंकले बढेर २२७४.४२ विन्दुमा पुगेको छ। बुधबारको बजार हेर्दा नेप्से केहि सम्हालिन खोजेको देखिन्छ। 

यस दिन कारोबार रकम भने बढेको छैन। बुधबार १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुपैयाँ बराबरको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर कारोबार भएको छ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमा ८ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ५ उपसमूहको सूचक नकारात्मक देखिएको छ। यस दिन हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको बढी आकर्षण देखिन्छ। उक्त उपसमूहको सूचक २.०८ प्रतिशतले बढेको छ।

प्रतिक्रिया