टेकु अस्पतालबाट भागेका बिरामी विराटनगर पुगे

कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर भागेका बिरामी विराटनगरमा फेला परेका छन्।

मोबाइल ट्र‍्याकिङ गर्दा उनी विराटनगर पुगेकाे फेला परेकाे टेकु अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए। दक्षिण कोरियाबाट आएका सुनसरी घर भएका ती व्यक्ति मंगलबार अस्पताल पुगेका थिए।

चेकजाँच गर्दा कोरोना संक्रमण भएको लक्षण नदेखिएपछि चिकित्सकहरुले परामर्श दिएर घर पठाएका थिए। उनी बुधबार फेरि मलाई कोरोना भाइरस लागेको छ, मलाई बचाउनुस् भन्दै अस्पताल पुगेका थिए। उनलाइ नआत्तिनुस् भनेर क्वारेन्टाइनमा राखिएकाे र बिहीबार विहानै उनी अस्पतालबाट सुटुक्क हिँडेपछि अस्पतालले खोजी गरिदिन प्रहरीलाई पनि आग्रह गरेको थियो। तर उनी कोरोना संक्रमित भने नभएकाे चिकित्सकले बताए।

प्रतिक्रिया