• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

पासपोर्ट हरियो पछि गणेश अधिकारीको अर्को उत्कृष्ट गीत शास्त्र, सारिका र आशिरको मन छुने अभिनय

आफ्नो उत्कृष्ट सिर्जना मार्फत सबैको मन जित्दै चर्चामा रहेका लोकप्रिय गायक तथा कुशल सर्जक गणेश अधिकारीले आवाज दिएको अर्को उत्कृष्ट गीत शास्त्र भर्खर मात्र सार्वजनिक भएको छ ।

अधिकारीलेनै सिर्जना गरेको पछिल्लो गीत पासपोर्ट हरियो समेत निकै चर्चामा रहेको छ । विष्णु माझी र अधिकारीको आफ्नै आवाज रहेको सो गीतलाई अधिकारीलेनै लय तथा शब्द सिर्जना गरेका हुन ।

समाजमा रहेको गरिवीलाई कलात्मक कथामा रुपान्तरण गरियोको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतमा चर्चित जोडी आशिर प्रताप जंग र सारिका केसीले मन छुने अभिनय गरेका छन । अपिल लामाले गीतलाई निकै राम्रो कथाबस्तुमा आफ्नो निर्देशन कला प्रस्तुत गरेका छन ।

गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै सर्जक तथा गायक अधिकारीले यो सिर्जनालाई पनि आफ्नो विगतका सिर्जना जस्तै दर्शक स्रोताको माया पाउनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

गीतलाई पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया