• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

धौलागिरीका सर्जक प्रल्हाद सुवेदीको अर्को कालजयी सिर्जना फुली नाकैमा,सार्वजनिक भए सँगै चर्चाको शिखरमा

पछिल्लो समय युट्युबमा भाइरल भएकी ८ बर्षिय बालगायिका आयुषा गौतमको पहिलो गीत “फुली नाकैमा” सार्वजनिक भएको छ । बालगायिका आयुषा गौतम र चर्चित लोक गायक राजु परियारको सुमधुर स्वरमा रहेको छ । गीत उत्कृष्ट मात्र होइन माल मैत्रि पनि रहेको छ । गीतमा बालबालिकालाई उपयुक्त शब्द चयन गरिएको छ ।

फरक फरक धारका गीत सिर्जना गरि आफ्नो दरविलो परिचय गीतकारका रुपमा दिएका सर्जक प्रल्हाद सुबेदीको उत्कृष्ट शब्द सृजना रहेको छ भने डी.आर सुजनको लय रहेको छ । शम्भु चालिसेले छायाकन गरेका हुन् भने सुजन शाहीले सम्पादन गरेका हुन् ।

सतिश अधिकारीको परिकल्पनामा तयार भएको म्युजिक भिडियोलाई डि.आर सुजनले निर्देशन गर्नु भएको हो भने म्युजिक भिडियोमा सरोज खनाल,कृष्ण कडेल आयुषा गौतम,रिजन रायमाझी,रविना भण्डारी,लेखनाथ गौतम,रत्ना चौलागाई गौतम,लेखान्त भुसाल अन्या कलाकारको अभिनय रहेको छ । म्युजिक भिडियो S3K Entertainment च्यानलबाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया