नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आज नेपाल आउँदै हुनुहन्छ ।
उहाँ बिहान सवा १० बजे काठमाडौं आइपुग्ने नेपालस्थित बताइएको छ । क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत हुनुहन्थ्यो । फ्रान्सबाट फर्किएलगत्तै उहाँलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गर्नुभएको हो ।
सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गर्नुभएका क्वात्राले एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा भारतको प्रतिनिधित्व गर्नुभएको थियो ।