खाडीमा कोरोनाको कहर, सचेत रहन दूतावासहरूको आग्रह

नेपालसहित विदेशी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस कोविड-१९ को संक्रमण बढेपछि त्यहाँस्थित नेपाली दूतावासहरूले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

हालसम्म त्यहाँ कार्यरत नेपाली कोविड-१९बाट संक्रमित भएको खबर आइसकेको छैन । खाडीका देशमध्ये बिहीवारसम्म बहराइनमा ३३, कुवेतमा ४५, युएईमा २१, ओमानमा ४, कतारमा १ जना संक्रमित भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इरानबाट आएका यात्रुबाट कोविड-१९ संक्रमण भएपछि ती देशहरूले इरानका सबै उडान बन्द गरेका छन् । स्थानीय सरकारहरूले आफ्ना नागरिक, आप्रवासी र यात्रुलाई अनिवार्य मास्क लगाउन, भीडभाडमा नजान भनेकाले त्यही अनुसार सतर्कता अपनाइएको कुवेतस्थित विमानस्थलमा कार्यरत एक नेपालीले बताएको आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया