कांग्रेस १३ विभागको जिम्मेवारी बाँडफाँड

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १३ वटा विभागको जिम्मा बाँडफाँड गरेका छन् । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा विभाग प्रमुख तोकिएको जानकारी दिइएको छ ।

सभापति देउवाले संगठन विभागमा गोपालमान श्रेष्ठ, संघीय मामिला तथा प्रदेश समन्वय विभागमा रमेश रिजाल, तरुण विभागमा शंकर भण्डारी, प्रचार विभागमा विश्वप्रकाश शर्मालाई मनोनयन गरेका छन् ।

मुस्लिम विभागमा फरमूल्लाह मन्सुर, स्थानीय तह समन्वय विभागमा अर्जुनप्रसाद जोशी, वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा आनन्दप्रसाद ढुंगाना, तराई–मधेश समन्वय विभागमा अजयकुमार चौरसिया र यातायात व्यवसायी समन्वय विभागमा महेन्द्र यादवलाई मनोनयन गरिएको छ ।

यस्तै, सभापति देउवाले आदिवासी जनजाति विभागमा सीता गुरुङ, नेपाली जनसम्पर्क समिति समन्वय विभागमा गोविन्द भट्टराई, उद्योग व्यापार विभागमा चीनकाजी श्रेष्ठ र श्रमिक तथा टे«ड युनियन विभागमा शिवप्रसाद हुमागाँईलाई मनोनित गरेका छन् ।

कांग्रेसको आमन्त्रित सदस्यमा दाङका कृष्णकिशोर घिमिरे, झापाका गोपालकुमार बस्नेत, झापाकै सुधीरकुमार शिवाकोटी, धनकुटाका मनोहरनारायण श्रेष्ठ र तनहुँका ध्रुव वाग्लेलाई मनोनयन गरिएको छ ।

प्रतिक्रिया