नेकपा मालेका महासविच सिपी मैनाली सवार जिप बिहीबार महोत्तरीको कालापानी भन्ने ठाउँमा दुर्घटना भएको छ ।
मैनाली चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको भ्यानसँग ठोक्किएको थियो ।
उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजकुमार चापागाईले जानकारी दिए ।
मैनालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।