नेप्सेमा ५४ अंकको उछाल, १२ अर्बको कारोबार

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार पनि तीव्र उछाल आएको छ। नेप्से सूचक ५४ अंकले बढ्दै २.३३ प्रतिशतको वृद्धिसँगै २३६४.६३ बिन्दुमा पुगेको छ। यससँगै कारोबारमा पनि वृद्धि भएको छ। आज १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ, जसमा ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर किनबेच भएका छन्।

३०६ वटा कम्पनीको शेयर कारोबार हुँदा २०४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। 

विशेषतः निर्जीवन बीमा समूहमा आज उल्लेखनीय वृद्धि भएको छ। यो समूह ३८२.४१ अंकले बढ्दै ११ हजार ८००.४४ बिन्दुमा पुगेको छ। होटल एण्ड टुरिजम समूह ३२०.२७ अंकले बढेर ६०८१.९० बिन्दुमा, जीवन बीमा समूह २४२.२६ अंकले बढेर ११ हजार ३२८.७१ बिन्दुमा, उत्पादन समूह २०७.०१ अंकले बढेर ७०८५.९५ बिन्दुमा, र ट्रेडिङ समूह २२९.०७ अंकले बढेर ३३६५.७१ बिन्दुमा पुगेको छ।

आज सबै १३ वटा समूहमध्ये म्युचअल फण्ड समूह सबैभन्दा कम बढेको छ भने अन्य सबै समूह १ प्रतिशत भन्दा बढीले वृद्धि भएका छन्। आज ६ वटा कम्पनीको शेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ, र ४ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय