‘प्रधानमन्त्रीज्यू केक बोक्ने हेलिकप्टरमा सिटामोल पठाइदिनूस्’

नेपाली कांग्रेसकी सांसद रङ्गमति शाहीले प्रधानमन्त्रीको जन्मदिनमा केक बोक्ने हेलिकाेप्टरले विकटका जनतालाई सिटामोल बोकेर पठाउन आग्रह गरेकी छन् ।

विकट जिल्लाका जानता बिरामी हुँदा सिटामोलसम्म खान नपाउने नेपालको अवस्थामा प्रधानमन्त्रीले आफ्नो जन्मदिनमा केक ढुवानीका लागि हेलिकाेप्टर चार्टर गर्नु शोभनीय नभएको भन्दै आपत्ति जनाइन् ।

बुधबार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा शाहीले भनिन्, ‘त्यो हेलिकाेप्टर जुम्ला पाठइदिउँ, जहाँ जनता बिरामी परेर अस्पताल जान सकिरहेका छैनन् ।’

यही जाडोमा सिटामोल नपाएर हुम्लामा १४ जनाले ज्यान गुमाएको र सुत्केरी हुन नसकेर महिलाहरु छट्पटाएर मर्नुपरेको तर प्रधानमन्त्री ओलीले केक बोक्नकै लागि हेलिकप्टर चार्टर गरेको भन्दै उनले बैठकमा असन्तुष्टि व्यक्त गरिन् ।

प्रतिक्रिया