संसदमा प्रधानमन्त्रीमाथि प्रश्न : नेपालको नक्सा काटेर जन्मदिन मनाउन आवश्यक थियो ?

काठमाण्डौ – प्रधानमन्त्री केपी ओलीले नेपालको नक्सा अंकित केक काटेर जन्मोत्सव मनाएपछि सर्वत्र आलोचलना भएको छ । यो विषयले संसदमा पनि स्थान पाएको छ । मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिलेन्द्र रिजालले यसरी तामझाम गरेर जन्म दिन मनाउनु शोभनीय नभएको बताउनुभएको छ । ‘नेपालको नक्सा काटेर किन बर्थ डे मनाएको ?’ संसदमा प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘जन्मदिन मनाउने अरु रचनात्मक तरिकाहरु पनि हुनसक्थे ।’

सांसद रिजालले ओलीले राजसी स्वभावको जन्मदिन मनाएको आरोप लगाउँदै भन्नुभयो ‘हेलिकोप्टर चार्टर्ड गरेर आफ्ना पार्टीका विशेषज्ञरु बोकेर जानुभयो। सायद त्यो घरले तपाइँलाई चिनेन होला। तपाईले एक मिनेट त्यो घर अगाडि उभिएर आफ्नो अन्तरमनलाई सोध्नुभयो, आफू कुन लोकमा छु भनेर ?’ उहाँले थप अगाडि भन्नुभयो ‘यति होल्डिङको पैसा र हेलिकोप्टरले पुर्‍याएको केक देख्दा इतिहास बोकेको तपाइँको घरले पनि अपमानित महशुस गर्‍याे होला।’

उहाँले बालुवाटार जग्गा प्रकरणमा सरकारले अख्तियारलाई प्रभावमा पारेको आरोप पनि लगाउनुभयो । संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेसका बारेमा कारवाही अगाडि नबढाउन सरकारसमक्ष निर्देशन दिएको भन्दै भ्रष्टाचारले सीमा नाघेको पनि उहाँले बताउनुभयाे ।

प्रतिक्रिया