युवा गायक सुजन पराजुलीको ‘खरबारीमा खर छैन’ सार्वजनिक

काठमाडौँ । मौसम चिसो भए पनि नेपाली सांगीतिक क्षेत्रमा गर्माहट भने निरन्तर बढिरहेको छ। व्यावसायिक रूपमा केही गीत मात्र सफल भए पनि संख्यात्मक रूपमा गीतहरू सार्वजनिक हुने क्रम बढ्दो छ।

यस्तै क्रममा भर्खरै उत्कृष्ट गीत ‘खरबारीमा खर छैन’ सार्वजनिक भएको छ। माया–प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतमा सुजन पराजुली, चोलेन्द्र पौडेल र समीक्षा अधिकारीको आवाज रहेको छ। गीतका लय तथा शब्द चर्चित गायक तथा सर्जक चोलेन्द्र पौडेलले सिर्जना गरेका हुन्।

पछिल्लो समयका चर्चित निर्देशक प्रेम थापाको उत्कृष्ट निर्देशन रहेको भिडियोमा विजय पुन र आरुषा मगरको अभिनय देख्न सकिन्छ। गीतलाई कृष्ण केसीले संगीत संयोजन गरेका छन् भने सुजन पराजुलीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

 

प्रतिक्रिया