• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

मौलिक सिर्जना गर्न माहिर धौलागिरीका प्रतिभाशाली युवा सर्जक हेमन्तको अर्को उत्कृष्ट गीत भोलि त जाँदै छु

धौलागिरीमा जन्मिएर विगत लामो समयदेखि संगीतमा लागेका गायक एवं सारङ्गी बाधक हेमन्त कान्छा रसाइली र मुना कुमालको स्वरमा “भोली त जाँदैछु’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतकार सपना रसाइलीको उत्कृष्ट मनै छुने शब्द संयोजनमा रहेको यस गीतलाई गायक हेमन्त कान्छाले नै संगीत भरेका हुन् ।

मौलिक संस्कृति झल्किने उक्त गीतको भिडियोमा बहुचर्चित वरिष्ठ गीतकार रमेश बिजी र लोकप्रिय मोडल जुना गुरुङले मनै लोभ्याउने उत्कृष्ट अभिनय गरेका छन् । रमेश बिजी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्ष समेत हुन् ।

भिडियोलाई निर्देशक प्रविन भट्टले निर्देशन र सम्पादन गरेका हुन् भने” करण चैसरले खिचेका हुन् । गीतको भिडियोलाई महाशिव रात्रीको अवसर पारेर गायक हेमन्त कान्छा रसाइलीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया